ज्येष्ठ नागरिकका अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम

१५ बैसाख, २०७६, काठमाडौँ

हार्मोनी केयर होमको संयोजनामा काठमाडौँ महानगरपालिका वडा नं- ३, सामुदायिक प्रहरी सेवा केन्द्र, नर्सरीलेन टोलसुधार समिति, बाँसबारी- ३, र शाश्वत नेपाल, काठमाडौँको संयुक्त आयोजनामा बैसाख १५, २०७६ मा “ज्येष्ठ नागरिकका अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम” को आयोजना भयो। हार्मोनी केयर होमको हातामा भएको यस कार्यक्रमको अध्यक्षता  ARDS नेपालका अध्यक्ष डा. गौरीशंकर लाल दास (९५ बर्ष) ले गर्नु भएको थियो। कार्यक्रमलाई स्वागत गर्दै हार्मोनी केयर होमकी संस्थापक अध्यक्ष रोशा श्रेष्ठले सरकार यस बिषय गम्भीर भएर सोचेकै छैन त्यसैले हामीले नै अब केहि गर्नुपर्छ भन्नुभयो भने अधिबक्ता नारायण घिमिरेले ज्येष्ठनागरिक ऐन २०६३’ बारे जानकारी दिनुभएको थियो।

वडाध्यक्ष दिपक केसीले ज्येष्ठ नागरिकको सम्मान गर्दै आफन्तहरुबाट दशैंको टिका थाप्नुको साटो वडाका ज्येष्ठ नागरिकहरुलाई दशैंमा भेला गरेर आशिष लिने गरेको बताउनु भयो। महानगरीय प्रहरी प्रभाग महाराजगंजका िडएसपी फणिन्द्र प्रसाईले सडकमा भेटिएका ज्येष्ठ नागरिकको संरक्षणका लागि प्रहरीले गरिरहेको कामहरुको बारेमा प्रकाश पार्नुभयो भने डा. चिन्तामणि योगीले हिन्दु धर्मको वर्ण व्यवस्थाको ब्याख्या गर्दै हार्मोनीका कुरा गर्नु भयो। डा. दसले अध्यक्षको मन्तब्यमा कानुन पर्याप्त छैन, केवल जेस्ठ नागरिकलाइ फकाउने वा आँखामा छारो हाल्ने काम भएको छ। तेसैले ज्येष्ठ नागरिकहरुले आफ्नो अधिकार प्रति सचेत भएर लाग्नू जरूरी छ भन्नुभयो।

टोलसुधार समितिका अध्यक्ष ईश्वर केसीले सबैलाई धन्यवाद दिनुभयो भने कार्यक्रम संचालक शाश्वत नेपालका राजेन्द्र शलभले अनिवार्य अंशको कानुनी व्यवस्थाले गर्दा नै ज्येष्ठ नागरिकहरुले पाउनुपर्ने सम्मान नपाउनु भएको तर्क अगाडी सार्नुभयो। समारोहमा करिब ५० जनाको सहभागिता थियो भने १२ जना अन्तरक्रियामा सहभागी हुनुभयो र येस्तो कार्यक्रम अन्य वडामा पनि नियमित रुपमा हुनुपर्ने प्रस्ताब राख्नुभयो। अन्तरक्रियामा उपस्थित अतिथि तथा जेष्ठ नागरिकहरू कार्यक्रमप्रति उत्साही थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *