लोकप्रिय बन्दै हार्मोनी

रोसा श्रेष्ठ
संचालिका हार्मोनी


लामो समयदेखि नर्सिङ् पेशामा व्यस्त रोसा श्रेष्ठले बिरामी तथा वृद्धवृद्धाको स्याहार सुसारमा धेरै लामो समय बिताइसकेकी छिन् । कुनै विरामी तथा वृद्धावृद्धलाई देख्दा उनको मनमा उकुस मुकुस पैदा हुन्थ्यो । त्यसमाथि पनि परिवारको माया पाउन नसकेर अपहेलितहरुकोे पीडा झन थपिएको देख्दा उनलाई निकै नरमाइलो लाग्थ्यो । त्यस बेलामा पनि यी वृद्धवृद्धाका लागि सानो घर भइदिए म आफैं स्याहार सुसार गरेर मायासमेत दिने थिए भन्ने सोच उनमा थियो । उनले आफ्नो यो सोचलाई अहिले व्यवहारमा ल्याएकी छन् । अहिलेको व्यस्त जीवनमा कयांै परिवारमा काम व्यस्ताका कारण आफ्ना अग्रजहरुलाई समय दिन सकिरहेका हुँदैनन्, त्यसैले आफू रहुन्जेल भने कुनै पनि अग्रजले माया ममताबाट बञ्चित हुन नपरोस् भन्ने सोचका साथ उनले हार्मोनीको स्थापना गरेकी हुन् । जहाँ रेसिडेन्सियल डे केयर, फिजियोथेरापीलगायत कोर्ष पनि गरिन्छ । हालै सञ्चालनमा आएको भए पनि सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको छ । हार्मोनीले नर्सिङ तालिम प्रदान गर्नुका साथै होम केयरका लागि आफंैले उत्पादन गरेका नर्सहरु सेवामा खटाएको छ । हार्मोनीको मुख्य लक्ष्य व्यस्तताका कारण छोराछोरीको राम्रो रेखदेख नपाइरहेका बुबाआमालाई सेवा प्रदान गर्नु हो । भनिन्छ, मानिस यसै पनि दुई दिनको पाहुना हो । बुढेसकालमा झन् माया ममता स्नेहको खाँचो हुने भएकोले यो खाँचोको परिपूर्ति गर्न हार्मोनीको जन्म भएको छ । अहिले धेरै परिवारका मानिसले हार्मोनीका सेवा छोटो समयमा मनपराइदिएका कारणले आफ्नो लक्ष्य पूरा भइरहेको बताउँछिन् रोसा । आगामी दिनमा कुनै पनि बाबुआमाले वेसहारा हुनु नपरोस् भनेर छिट्टै नयाँ शाखा पनि विस्तार गर्ने योजनामा छिन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *